मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

 पुस १५, २०७९ शुक्रबार १७:१४:७ | सुजीत झा
unn.prixa.net

महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे । 

शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे।

सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरलाई निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले गएकाे मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो। उनीहरु दुवै माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । दुवैलाई समानुपातिक कोटामा उम्मेदवार बनाइएको हाे । 

मधेस प्रदेश सभा सचिवालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ५३ जना सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन्। ४९ जना प्रदेश सभा सदस्यहरुले विभिन्न मातृभाषामा शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

बज्जिका भाषामा १३ जना प्रदेश सभा सदस्यहरुले शपथ लिए । बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, वीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन् ।

मैथिली भाषामा ११ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

७ जना प्रदेश सभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिएका छन् । जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन् । थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन् । मगही र हिन्दी भाषामा २/२ जना प्रदेश सभा सदस्यहरुले शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन् ।

उर्दु भाषामा एक मात्र प्रदेश सभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिनु भएकाे छ ।जनमत पार्टीका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले विवादबीच मधेसी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेश सभा सदस्यहरुमध्ये १२ जना प्रदेश सभा सदस्यहरुले मधेसी भाषामा शपथ लिएका हुन् । जनमत पार्टीका सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विभिन्न पहिरनमा सांसदहरु शपथ ग्रहण गर्न सचिवालय आइपुगेका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया