पोखरामा सडकबाटै नयाँ वर्ष २०२३ को भव्य स्वागत

 पुस १७, २०७९ आइतबार १०:५२:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरेलीहरुले सडकबाटै अङ्ग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को बिदाइ गरेका छन् ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४औँ पोखरा सडक महोत्सवको रमाइलोसँगै अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न शनिवार हजारौँ पोखरेलीहरु लेकसाइड पुगेका थिए । उनीहरुले मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे ।

राति १२ बज्नै लाग्दा पटक पट्काउँदा सडकमा रहेका हजारौँ पाेखरेली उत्साही भएका थिए । रेवान पोखराले सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नाराका साथ सडक महोत्सव आयोजना गर्दै आएको छ । सडक महोत्सवमा रमाउन आन्तरिक, भारत र बङ्लादेशबाट सयाैँ पर्यटक आएका  रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयाे । 

नयाँ वर्षको स्वागत गर्न जम्मा भएका विदेशी तथा स्वदेशी पर्यटकले लेकसाइडको बाटो खचाखच भएकाे थियो । उनीहरु सबैले पीडा भुलेर नयाँ सङ्कल्प, नयाँ उद्देश्य र नयाँ ऊर्जाका साथ पोखरामा नयाँ वर्ष २०२३ को स्वागत गरेका हुन्। अङ्ग्रेजी नयाँ वर्षमा काठमाण्डाै, पाेखरा, ठमेल लगायत सहरमा विदेशी पर्यटकसहित नेपालीहरुकाे भिड लागेकाे थियाे । 

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उहाँको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् ।

इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रम हुँदै छन् । हिजो बेलुका पनि यी क्षेत्रमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया