धनुषामा जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

 पुस १९, २०७९ मंगलबार १२:४९:३७ | सुजीत झा
unn.prixa.net

फाइल तस्बिर

धनुषा - जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् ।

हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीकाे प्रक्रिया अगाडि बढाइएको हाे । ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेकाे भिडियोमा प्रष्ट देखिएकाे छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया