चिसाेका कारण जनकपुरधाम उपमहानगरभित्रका विद्यालय ३ दिनका लागि बन्द

 पुस १९, २०७९ मंगलबार १८:२६:३७ | सुजीत झा
unn.prixa.net

धनुषा – अत्यधिक चिसाेका कारण मधेस प्रदेशका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसाेका कारण विद्यार्थीहरू बिरामी हुन थालेपछि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि तीन दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज मङ्गलवार एक सूचना जारी गरी भोलि २० गते बुधवारदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा बिदा दिएको जानकारी दिनुभएको हो ।

यस्तै जाडो बढेपछि महोत्तरीका पालिकाले पनि धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । महोत्तरीका नौ वटा पालिकाले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको विद्यालय बिदा सूचना जारी गरेका हुन् । महोत्तरीका ११ पालिकाले जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया