धनुषाका धानुक दासको हत्या आरोपमा जेठी श्रीमती र छोरासहित ३ जना पक्राउ

 पुस २०, २०७९ बुधबार १२:१६:४६ | सुजीत झा
unn.prixa.net

धानुक दासकाे घर, जहाँ उनकाे हत्या भएकाे थियाे

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न रहेको आरोपमा जेठी श्रीमती र छोरासहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले किरिया बसेका २० वर्षका छोरासहित तीन जनालाई पक्राउ गरेको हो । गएको पुस १० गते भएकाे हत्यामा संलग्न मुख्य व्यक्ति फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सम्पत्ति विवादको कारणले परिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

दास घरमै ग्यारेज तथा ग्यासको पसल सञ्चालन गर्दै आएका थिए । मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न आएको व्यक्तिले गोली प्रहार गरी फरार भएको स्थानीयवासीहरुले बताएका छन् ।

दुईवटा विवाह गरेका दासको जेठी श्रीमतीतर्फ १८ र २० वर्षका दुई छोरा तथा कान्छी श्रीमतीतर्फ एउटा छोरी छन् । दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया