धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

 पुस २०, २०७९ बुधबार १३:१५:४५ | सुजीत झा
unn.prixa.net

धनुषा – धनुषा र महोत्तरीमा दुई जनाकाे शव फेला परेकाे छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन । 

यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईँटा भट्टा नजिकै पोखरीकाे डिलमा बनेको फुसको छानो नजिक उहाँको शव फेला परेको हाे । शवको आँखा ,मुख गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ । शवलाई परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र शव परीक्षणपछि मात्रै केही भन्न सकिने जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया