चिसोका कारण धनुषामा एक जनाको ज्यान गयो

 पुस २१, २०७९ बिहिबार ११:२८:५५ | सुजीत झा
unn.prixa.net

धनुषा - चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोबाट मानवीय क्षति नहोस् भन्नका लागि स्थानीय पालिकाले काम गरिरहेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन । प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले  शीतलहर र चिसोबाट जोगाउन पालिकाहरुसँग समन्वय भइरहेको बताउनु भएको छ । तराईका विभिन्न जिल्लामा शीतलहर चलेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया