चर्च ब्वाइजलाई हराउँदै भुटनिज युथ आहा रारा गाेल्ड कपको फाइनलमा

 पुस २१, २०७९ बिहिबार १७:११:४१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पाेखरा कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक–शून्य गोलले हराउँदै पाहुना टोली भुटनिज फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा भुटनिज युथ स्पोर्ट्सले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले गरेकाे गाेल नै निर्णायक भयाे । 

खेलको ८४ औँ मिनेटमा आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए ।

२२ औँ आहा रारा पोखरा गोल्ड कपको उपाधिका लागि सङ्कटा क्लब र भुटनिज युथ स्पोर्ट्स क्लबबीच पर्सि शनिवार प्रतिस्पर्धा हुने छ । विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया