एमाले उम्मेदवार १ मतान्तरले वडाध्यक्षमा विजयी भएका हरिवन ७ मा पुनः मतगणना गर्न अदालतकाे आदेश

 पुस २२, २०७९ शुक्रबार २०:५:३४ | सुजीत झा
unn.prixa.net

धनुषा – सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्षका लागि यसअघि भएको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन ७ काे अध्यक्षका लागि पुनः मतगणनाका लागि आज शुक्रवार आदेश दिएको अदालतका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयाे । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणनाअनुसार हरिवन–७ को अध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतान्तरले निर्वाचित हुनुभएकाे थियाे । 

निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्की तीन सय ७९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) ले तीन सय ७८ मत पाउनुभएकाे थियाे । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गर्नुभएकाे थियाे । अदालतले आज अन्तरिम आदेश जारी नगरि पुनः मतगणनाको आदेश दिएको हाे ।

अदालतका रजिस्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया