विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग बन्द

 पुस २४, २०७९ आइतबार १४:४:४४ | सुजीत झा
unn.prixa.net

धनुषा – सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएपछि स्थानीयवासीले आन्दोलन गरेका छन् । उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण छात्राको ज्यान गएको भन्दै बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।

सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्यान गएको हो । अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले  सिर्जनाको ज्यान गएको स्थानीयवासीले बताएका छन् । सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाकाे फुलकुमारी महताे अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया