धनुषामा लागुऔषधसहित दुई जना पक्राउ

 पुस २५, २०७९ सोमबार १४:१०:४५ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ मखना बस्ने ३४ वर्षीय खालिल राइन र गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने २७ वर्षीय गुड्डु आलम रहेका छन् ।

विदेह नगरपालिका–१ महिनाथपुरमा रहेकाे महिनाथपुर नाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट महिनाथपुरको टोली र प्रहरी चौकी ठाडीबाट नेपाल प्रहरी सहितको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका दुवैजनालाई चेकजाँचको क्रममा पक्राउ गरेको हाे ।

प्रदेश–२–०२–००४प ६३१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खालिलले लगाएको हाफ ज्याकेटभित्र कालो प्लाष्टिकको झोलामा लुकाइ राखेको अवस्थामा डाइजेपाम इन्जेक्सन ७५ वटा (प्रति इन्जेक्सन २ एमएल), फेनारगन इन्जेक्सन ७० वटा ( प्रति इन्जेक्सन २ एमएल) र आई पीपी एल ईन्जेक्सन ७५ वटा (प्रति इन्जेक्सन २ एमएल) बरामद भएको सशस्त्र प्रहरी ८ नम्बर गण हेडक्वाटर धनुषाले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया