गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ

 पुस २५, २०७९ सोमबार १९:९:४० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरू नेकपा एमालेकी सीता सुन्दास, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनुभएकाे हाे । 

मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा हिजाे साेमवार दाबी पेस गर्नुभएकाे थियाे । उहाँलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसदको समर्थन रहेकाे छ ।

अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गर्नुभएकाे थियाे । अधिकारीलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया