मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

 पुस २७, २०७९ बुधबार १३:१०:२९ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेश प्रदेशको मुख्यमन्त्रीमा लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवलाई आज नियुक्त गरिएको छ ।

केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्नुभएकाे थियाे । दाबी पेस गरे लगत्तै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख मिश्रले जानकारी दिनुभयाे ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोक्नुभएकाे थियाे । 

यादव सोमबार संसदीय दलका नेतामा चयन हुनुभएकाे थियाे । उहाँ २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बन्नुभएकाे थियाे । पछि जसपा विभाजन हुँदा उपेन्द्र यादवको पक्षमा लाग्नुभएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया