तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारी आन्दोलित

 पुस २८, २०७९ बिहिबार ११:१७:१७ | सुजीत झा
unn.prixa.net

धनुषा - तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प भएकाे हाे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएका कारणले नगरपालिकाका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा नियमित खाेप कार्यक्रमसमेत प्रभावित भएकाे स्थानीयकाे गुनासाे छ । करिब ६ महिनादेखिकाे तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएका छन् ।

नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने खतरा देखिएको छ। जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएको छ । बालबालिकालाई बी सी जी, पेन्टा, पोलियो, एफ आई टी भी, निमोनियाबाट जोगाउनका लागि पीसीभी, दादुरा रुबेलासहितका १३ वटालक्षित खोप दिने गरिन्छ ।

मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत रामउद्गार झाले खोप नलिएको खण्डमा समस्या आउने जोखिम रहेकाे बताउनु भयाे ।

नगरपालिकाका मेयर तथा उपमेयरबीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन नसकेपछि कर्मचारीहरूले तलब पत्ता नपाएका हुन् ।  पटक पटक प्रयास गर्दा समेत समस्या समाधान नभएकाे बताउँदै खोपजस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनु भयाे । 

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया