बारा २ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश

 पुस २८, २०७९ बिहिबार २०:३५:४ | सुजीत झा
unn.prixa.net

धनुषा – बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलवारलाई पार्टी प्रवेश गराउनुभएकाे हाे । एमालेका सचिव रघुवीर महासेठ र प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा कलवारले एमाले राेज्नुभएकाे हाे । ओली निवास बालकोटमा एक कार्यक्रमका बीच एमाले प्रवेश गर्नुभएका उहाँ मधेस सरकारमा मन्त्री बन्ने आशङ्का गरिएको छ ।

कलवारकाे प्रवेशसँगै मधेस प्रदेशमा सिट सङ्ख्या २४ भएकाे छ । एमाले मधेसमा सबैभन्दा ठूलाे दल हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया