मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित ३ जना मन्त्रीले लिए शपथ

 पुस २९, २०७९ शुक्रबार १३:५७:२ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । आज शुक्रवार एक समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादवले आफ्नाे मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयकाे जिम्मेवारी भने दिइएकाे छैन । 

शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतकाे सहभागिता थियाे । 

शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया