गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

 पुस २९, २०७९ शुक्रबार १५:१०:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ । 

आज शुक्रवार बसेकाे गण्डकी प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत माग्नुभएकाे थियाे । 

मतदानमा अधिकारीकाे पक्षमा ३१ मत खसेकाे हाे । उहाँकाे विपक्षमा २७ मत खसेकाे छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ । 

एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांसदकाे समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका अधिकारीलाई गएकाे पुस २५ गते मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया