मधेस प्रदेश : मुख्यमन्त्री यादवले विश्वासकाे मत लिँदै, सभामुखकाे चुनाव पनि आजै

 माघ ३, २०७९ मंगलबार १०:५०:११ | सुजीत झा
unn.prixa.net

फाइल तस्बिर

धुनषा - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेश सभामुखको चुनाव पछि हिजो नै मुख्यमन्त्री यादवले विश्वासको मत लिने भनिए पनि राष्ट्रिय शोकको सार्वजनिक बिदा दिइएकाले हिजोका कार्यक्रम स्थगित गरिएको थियो । उहाँले आज दिउँसो १ बजेको विश्वासको मत लिने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभएको छ ।

यसैबीच मधेस प्रदेश सभामुखको लागि दुई जनाको  उम्मेदावरी परेको छ । सत्ता गबठन्धन दल नेकपा एमालेबाट सांसद रामचन्द्र मण्डल र विपक्षी दल नेपाली कांग्रेसबाट जङ्गिलाल राय यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । सभामुखका लागि आज चुनाव हुुँदैछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया