कैलालीमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे

 माघ ६, २०७९ शुक्रबार १९:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएकाे छ । गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरका सहचालक पुनर्वास नगरपालिका–१० का ४० वर्षीय मनीराम चौधरीको ज्यान गएकाे हाे । 

से १ त ६१९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यसको इन्जिनमुनि च्यापिएका चौधरीको उद्धारकै क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । दुर्घटनामा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना घाइते हुनुभएकाे छ ।

घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया