टाइगर कप भलिबल : महिलातर्फ सेमीफाइनलको समीकरण पूरा

 माघ ११, २०७९ बुधबार १९:१०:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेमीफाइनलको समीकरण पूरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सेमीफाइनलको समीकरण पूरा भएको छ । महिलातर्फ सशस्त्र प्रहरीबलको एपीएफ क्लबले लिग तालिकाको पुछारमा रहेको गण्डकी प्रदेशसँगको भेट पक्का गरेको छ ।

होङवान्जी न्यू डायमण्डले त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । न्यू डायमण्डले बुधबार भएको गण्डकीविरुद्धको खेल ३–१ सेटमा जित्न सफल भएको छ । न्यु डायमण्डले १९–२५, २५–१५, २५–१४ र २५–११ मा गण्डकीलाई हरायो ।

अर्को खेलमा सशस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम राख्यो । सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३–१ को सेटमा पराजित गर्‍याे । एपीएफले २५–१७, २२–२५, २५–१६ र २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गरेको छ । गण्डकीले २३–२५, २३–२५, २५–२३, २५–२२ र  १५–१३ ले आर्मीलाई हरायो ।

पुरुषतर्फको अर्को खेलमा एपीएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । एपीएफले २५–२३, २५–२३ र २५–२३ ले पराजित गरेको हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख नगद, उपविजेता टिमले समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमले नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया