संविधान कार्यान्वयन भए/नभएको हेर्न एउटा छुट्टै निकाय बनाउन आवश्यक : पूर्व सभामुख ढुंगाना

 माघ १४, २०७९ शनिबार १७:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनुभएको छ । 

शनिवार काठमाण्डौमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको पनि उल्लेख गर्नुभयाे ।

उहाँले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संविधान युगौंयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालीन कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया