शेयर बजार १ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।
यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।
सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।
लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
मिठु बहादुर गौतम
Jan. 29, 2023, 9:05 p.m.नेपाली र नेपालको छोरा भएर ,नेपाली बंशजको आधारमा नागरिकता हुदाहुदै पनि रवि लामिछानेको नागरिकता छानवीन गरि सबै पदबाट अयोग्य बनाईयो तर मधेशमा मधेसी नेता तथा भारतियले नागरिकता लिएका छन् कहिले हुन्छ छानबिन ? अदालतको तेतापनि नजर पुगोस ।
मिठु बहादुर गौतम
Jan. 29, 2023, 9:04 p.m.नेपाली र नेपालको छोरा भएर ,नेपाली बंशजको आधारमा नागरिकता हुदाहुदै पनि रवि लामिछानेको नागरिकता छानवीन गरि सबै पदबाट अयोग्य बनाईयो तर मधेशमा मधेसी नेता तथा भारतियले नागरिकता लिएका छन् कहिले हुन्छ छानबिन ? अदालतको तेतापनि नजर पुगोस ।
खड्ग राई
Jan. 29, 2023, 2:37 p.m.सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालक रहँदानै वहाँ आफैलाई थाहा थियो कि वहाँका विरोधिहरूले त्यही नागरिकतालाई कारण बनाई खुट्टा तान्ने प्रपञ्च बनाउदै छन् भन्ने कुरो र आफ्नो कमी कमजोरीहरू बारे पनि वहाँ जानकार हुनुहुन्थ्यो । त्यतिका जानकार मान्छेले आफ्ना कमी कमजोरी सच्याउन किन कन्जुस्याई गर्नु भएको होला भन्ने मेरो जिज्ञासा रह्यो ।