विपक्षी गठबन्धन बनाउने कांग्रेसको तयारी

 माघ २१, २०७९ शनिबार ७:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृह मन्त्रालय र राष्ट्रपति चुनावको विषयमा सत्तारुढ दलहरुबीच खटपट भइरहेको बेला नेपाली कांग्रेसले विपक्षी गठबन्धन बनाउने तयारी थालेको छ । यही तयारी अनुसार कांग्रेसले आज एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दैछ ।

राष्ट्रिय सभाको उपचुनाव र राष्ट्रिय सभामै उपाध्यक्षको चुनावलगायत समसामयिक विषयमा छलफलको लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको लागि भोलि उम्मेदवारी दर्ता र पर्सि २३ गते चुनाव हुने कार्यतालिका छ ।

अस्ति बिहीवार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता साझेदार दल र विपक्षी मोर्चाबीच छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको थियो । यस्तै २५ गते लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव हुँदैछ । उपचुनावको लागि विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । उपचुनावको लागि एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विपक्षी दलहरुबीच आज हुने बैठकमा राष्ट्रिय सभाको उपचुनावको तयारी र राष्ट्रिय सभा उपाध्यक्षमा पनि साझा उम्मेदवारको विषयमा कुरा हुने कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भएको सभामुख र उपसभामुख चुनावमा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा एक ठाउँ थिए ।

विपक्षी मोर्चालाई राष्ट्रपतिको चुनावसम्म लैजाने र राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने कांग्रेसको रणनीति छ । सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेलाई दिने सहमति भए पनि पछिल्लोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा साझा उम्मेदवार हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया