प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

 माघ २२, २०७९ आइतबार ७:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा आज हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यही प्रभावका कारण प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने अनुमान छ । तराईका जिल्लामा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ ।

दिउँसोसम्म नै तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने अनुमान गरिएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने अनुमान रहेको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया