जबराको निधनले देशकाे अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री पौडेल

 माघ २२, २०७९ आइतबार १०:३७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधनबाट देशको बैंक, वित्तीय एवम् समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

ट्विट गर्दै उहाँले जबराको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कुटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालय शमशेर जबराको निधनको खबरले स्तब्ध छु”, उहाँले भन्नुभएको छ । अर्थमन्त्री पौडेलले जबराप्रति श्रद्धाञ्जली दिँदै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

जबराको ९५ वर्षको उमेरमा बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया