पाेखराकाे पृथ्वी चाेकमा बसकाे ठक्करबाट स्कुटर चालककाे ज्यान गयाे

 माघ २६, २०७९ बिहिबार १६:५२:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कास्की – पोखराकाे पृथ्वी चोकमा बसकाे ठक्करबाट स्कुटर चालककाे ज्यान गएकाे छ । आज बिहीवार दिउँसाे पृथ्वी चाेककाे चाइना पुलमा बसले स्कुटरलाई ठक्कर दिँदा पोखरा महानगरपालिका २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो ।

बुद्ध चोकबाट पृथ्वी चोक आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले त्यही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका क्रममा ज्यान गएकाे कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयाे ।

दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया