पोखराको लेकसाइड कर्नरको भवनमा आगलागी

 माघ २८, २०७९ शनिबार १९:०:५५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका हल्लनचोक नजिकको एक भवनमा आगलागी हुँदा ठूलो क्षति भएको छ । 

हल्लनचोकमा रहेको लेकसाइड कर्नरको भवनमा आगलागी भएको हो । आगलागीबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य ट्रेकिङ पसलको गोदाममा आगालागी भएको हो ।

करिब ५ बजे भएको आगलागी नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दमकल र पानी ट्याङकरको सहायताले  आगलागी नियन्त्रणका प्रयास गरिरहेका छन् ।

आगलागीबाट नबिल बैंक, सेलवेज डिपार्टमेण्टल स्टोर्स, ३ वटा रेष्टुरेण्ट, ट्रेकिङ सप, र्‍याफ्टिङ लगायतका व्यवसायमा क्षति पुगेको छ । आगलागीका कारण ठूलो क्षति भएको व्यवसायीहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया