पाेखराबाट कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

 फागुन ४, २०७९ बिहिबार १७:३२:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : रासस

कास्की – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताउनुभएकाे छ । 

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले पोखरालाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरूसँग कुरा भइरहेको बताउनुभयाे । उहाँले हवाई सम्बन्ध विस्तारका लागि कुटनीतिक पहल भइरहे पनि परिणाम आउन भने समय लाग्न सक्ने बताउनुभयाे ।

मन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताउनुभयाे । हवाई सेवामा सुरक्षाको ग्यारेन्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको उहाँकाे भनाइ छ ।

पोखरा विमानस्थलमा झरेपछि यात्रुले चर्को ट्याक्सी भाडा तिर्नुपरेको गुनासो आएको भन्दै मन्त्री किरातीले त्यसका लागि विमानस्थलले व्यवस्था गर्ने बताउनुभयाे ।

गएकाे पुस १७ गतेदेखि देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा याे विमानस्थल सञ्चालनमा आएकाे थियाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थलकाे उद्घाटन गर्नुभएकाे थियाे । यहाँबाट अन्तर्राष्ट्रिय उडान भने अझै निश्चित भएको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया