पोखरामा हिउँदे वर्षा

 फागुन १४, २०७९ आइतबार १६:४:३१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा हिउँदे वर्षा भएकाे छ । गएकाे फागुन ११ गते बिहीवार र आज आइतवार हिउँदे वर्षासहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहत मिलेको छ । 

पोखरा महानगरपालिका ७ मासबारलगायत क्षेत्रमा आइतवार दिउँसो वर्षासँगै असिना परेको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी बताउनुभयाे । लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिले पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयाे ।

लामाे समयदेखि पानी नपर्दा सुक्खापन बढेपछि किसान चिन्तित बनेका थिए । हिउँदे वर्षासँगै बाली सप्रिने आशा पलाएकाे किसानले बताएका छन् ।

तस्बिर : राजु पाैडेलकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया