युक्रेनमा शान्ति स्थापनाका लागि चीन र बेलारूसको संयुक्त आह्वान

 फागुन १८, २०७९ बिहिबार १२:५३:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीन र बेलारुसले युक्रेनमा शान्ति स्थापनाका लागि संयुक्त रुपमा आह्वान गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोबीच बेइजिङमा भएको भेटवार्तापछि युक्रेनमा शान्ति पुर्नस्थापनाका लागि संयुक्त आह्वान गरिएको हो ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ ।

तर चीनको पछिल्लो प्रस्ताव अहिलेसम्म सार्वजनिक गरिएको छैन । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति बेइजिङ पुग्नुभएको हो ।

रुसले युक्रेनमा थालेको आक्रमण गएको फेब्रुअरी २४ मा एक वर्ष पुरा भएको छ । तर अहिलेसम्म युद्धको अन्त्य गर्ने र शान्ति स्थापनाका लागि ठोस पहल भने हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया