फेवातालमा हावाहुरीले डुङ्गा पल्टायाे : एक महिलाकाे प्रहरीद्वारा उद्धार, चार जना पाैडी खेलेर उत्रिए

 फागुन २०, २०७९ शनिबार १७:४५:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – फेवातालमा शनिबार दिउँसोको हावाहुरीले दुई वटा डुङ्गालाई पल्टाएकाे छ । 

एउटा डुङ्गामा चढेकी एक जना महिला डुबेपछि सशस्त्र प्रहरीकाे टाेलीले उद्धार गरेकाे थियाे । अहिले उनलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, हावाहुरीले गर्दा अर्को डुङ्गा पनि पल्टिएको छ । त्यसमा रहेका चार जना युवाहरु आफै पौडी खेलेर सकुशल ताल बाहिर निस्किएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया