पाेखरेलीसँगै रङमा रमाए विदेशी पर्यटक

 फागुन २२, २०७९ सोमबार १६:५८:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरूले एकआपसमा रङ दलेर शुभकामना साट्दै हाेली मनाएका हुन् । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराकाे आयोजनामा आएका विदेशी पर्यटक रङसँग रमाए । होलीको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । पोखरा महानगरपालिका–६ अम्बोटबाट नाचगान गर्दै र रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे ।

पहिलो पटक होलीमा सहभागि भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । रङकाे पर्व होलीमा रमाउन पाउँदा उनीहरूले खुसी व्यक्त गरे ।

आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटक रमाउने गरेका व्यवसायीहरू बताउँछन् ।

होलीमा पोखरामा कार्यक्रम हुन थालेपछि पोखरा पर्यटकको आकर्षणका साथै कार्यक्रम गर्ने स्थलका रूपमा समेत विकसित भएको कार्यक्रम संयोजक वीरेन्द्र शेरचनले बताउनुभयाे । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया