पीएन क्याम्पसमा स्ववियु चुनावकाे गतिविधि अघि नबढाउन उच्च अदालतकाे आदेश

 फागुन २८, २०७९ आइतबार १७:५९:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कास्की – उच्च अदालत पोखराले पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरालाई चैत २ गतेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

आइतवार उच्च अदालत पोखराका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले सङ्गठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो ।

विद्यार्थीहरू दीपसन गुरुङ, विप्लवी न्यौपानेले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर सङ्गठन दर्ता गराएका थिए । क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसङ्घले डमी सङ्गठन दर्ता गराएका थिए । पछि निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको सङ्गठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो ।

त्यसपछि पुरानै नाम कायम माग गर्दै न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा फागुन २६ गते रिट हाल्नुभएकाे थियाे । उहाँले पुरानै नाम कायम गरिदिन क्याम्पसलाई विपक्षी बनाएर अन्तरिम आदेश माग्नुभएकाे थियाे । त्यस रिटमा अल्पकालीन आदेश दिएर उच्च अदालतले दुवै पक्षसँग छलफल गर्न चैत २ गते अर्को पेसी तोकेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया