फेरि बढ्न थाले कोरोनाका सक्रिय सङ्क्रमित, खोपको बुस्टर मात्रा लगाउन आग्रह

 चैत ४, २०७९ शनिबार ७:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् ।

फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजाे ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान चलिरहेको छ ।

डा. दासका अनुसार सङ्क्रमण फैलन नदिन स्वास्थ्यका मापदण्डहरु भिडभाडमा जाँदा मास्क लगाउने, सङ्क्रमित व्यक्तिसँग भौतिक दूरी कायम राख्नेलगायतका आवश्यक स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ।   

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया