दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय ...
जेठ २०, २०८० शनिबार
काठमाण्डाै – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाण्डाै आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार दिउँसाे काठमाण्डाैकाे मातातीर्थ आइपुगेकाे हाे ।
मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डाैका लागि हिँडेका थिए । भोलि साेमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।
तस्बिरहरू–