एसईई सकेर फर्किँदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, तीन जना घाइते

 चैत २७, २०७९ सोमबार १२:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।  घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया