४ वटा सहरमा तापक्रमले बनायो नयाँ 'रेकर्ड', दुम्कौलीमा ४३ दशमलव ८ डिग्री सेल्सियस

 जेठ २५, २०८० बिहिबार १९:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनदिनै गर्मी बढिरहेका बेला चार वटा सहरमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ भने १३ वटा सहरमा जुन महिनाकै उच्च तापक्रम मापन भएको छ ।

देशभरका एक सय १३ वटा केन्द्रहमध्ये हिजो बुधवारसम्मको प्रारम्भिक दैनिक अधिकतम तापक्रमको तथ्याङ्कअनुसार चार वटा केन्द्र ओखलढुङ्गा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ भने १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको छ ।

हिजो नवलपरासीको दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । यो अहिलेसम्मकै बढी तापक्रम हो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । यस्तै हिजो धरानमा ३९ दशमलव तीन, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको छ । यी क्षेत्रमा पनि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा जुन महिनामै अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया