इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
गुल्मी – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले जिल्लाको मालिका गाउँपालिका ८ अन्तर्गत मर्भुङ्गमा सञ्चालन गरेको कफी कृषक पाठशालाबाट कफी किसान उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी कृषक पाठशाला सञ्चालन गरिएको थियो ।
पाठशाला शिक्षाबाट कफी किसान आफूले रोपेको कफीका बोटकाे रेखदेख र त्यसको निगरानी गर्दै कफीमा लाग्ने रोगको पहिचान गर्न सक्ने भएका छन् । उनीहरूले भिन्न–भिन्न समूह बनाएर बगैँचामै पुगेर कफीका बोटमा देखिएका समस्याकाे बारेमा आफैँ खोजी गर्न सक्ने भएका छन् । कृषक पाठशालामा उनीहरूले कफीमा लागेका रोग र किराकाे बारेमा एकआपसमा छलफल गर्दै सिकाइ प्रशिक्षणलाई प्रभावकारी बनाएका हुन् ।
१५ हप्ते कृषक पाठशालामा प्रशिक्षण सम्पन्न गरेपछि किसानले कृषक दिवससमेत मनाए । कृषक दिवसमा उनीहरूले पाठशालामा सिकेका कुरालाई बगैँचामा पुगेर सिकाइ अभ्यासमा आफूले गरेका र सिकेका विषयवस्तुको बारेमा जानकारी गराएका थिए ।
स्थानीयस्तरमै सञ्चालन गरिएको कृषक पाठशालाबाट सहभागिले व्यावहारिकरूपमा धेरै ज्ञान सिकेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले बताउनुभयो । उहाँले पाठशालाबाट किसानकाे दक्षता अभिवृद्धि गर्नुका साथै कफी बगैँचामा देखिएका स–साना समस्यालाई आफैँ पहिचान गर्ने बानीको विकास भएको बताउनुभयो ।
गुल्मीमा बाँदर, बँदेल, दुम्सी, मृगलगायत जङ्गली जनावरले खेतबारीमा लगाएका बालीनाली नष्ट गरी हैरानी दिन थालेपछि यस क्षेत्रका किसानले वैकल्पिकरूपमा कफी खेती गर्न सुरु गरेका हुन् ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।