वेबसाइटको 'सर्भर डाउन' हुँदा मौसमको पूर्वानुमान गर्नै समस्या

 असार ६, २०८० बुधबार १९:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन हुँदा आज बुधवारसम्म पनि विभिन्न समस्या भइरहेका छन् । सबस्टेशन र ट्रान्सफर्मरमा समस्या हुँदा हिजो मङ्गलवार बेलुका नेपाल सरकार मातहतका सम्पूर्ण सर्भर डाउन भएका थिए । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई सास्ती भएको थियो  ।

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखामा वेबसाइटमा हिजो आएको समस्याले आजसम्मै प्रभाव पारेको छ । महाशाखामा वेबसाइटले काम नगर्दा मौसम पूर्वानुमानको वास्तविक तथ्याङ्क अपडेट गर्न समस्या भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार वर्षा मापन गर्न, तापक्रमको तथ्याङ्कलगायतका कुरामा रियल टाइम अब्जर्भेशनमा समस्या भइरहेको छ ।

यसैबीच आज दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज , जुम्ला, पोखरा, ओखलढुङ्गालगायतका ठाउँमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति भने ठूलो पानी पर्ने अनुमान गरेको मौसमविद् अधिकारीले बताउनुभयो ।

यस्तै पानी पर्न थालेसँगै पश्चिम तराईमा अधिकतम तापक्रम घट्न थालेको छ । आज कतै पनि ३९ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नभएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया