गुणस्तहीन काम भएपछि विद्यालय भवनको निर्माण रोकियो

 असार ११, २०८० सोमबार २०:१:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो । 

भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो । 

उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र बालुवाको गुणस्तर कम भएको, मूल्याङ्कनअनुसारको सरियाको प्रयोग नभएको पाएपछि काम रोकिएको बताउनुभयो । उहाँले भवन निर्माणको काममा विद्युत् लाइनको पाइप नराखेको, भिजेको सिमेन्टको प्रयोग भएको लगायतका समस्या पत्ता लागेको बताउनुभयो । 

अनुगमन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर इन्द्रजित गामी, गाउँपालिकाका योजना शाखा प्रमुख ओमप्रकाश ओलीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २७ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया