सर्पकाे डसाइबाट दाङमा एक जनाकाे ज्यान गयाे

 साउन ५, २०८० शुक्रबार २०:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – सर्पकाे डसाइबाट दाङमा एक जनाको ज्यान गएको छ । आज शुक्रवार दिउँसो पश्चिम दाङको शान्तिनगर गाउँपालिका-३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा घर्सीलाई सर्पले डसेकाे थियाे । उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको हो ।

घर्ती घरमा एक्लै बस्दै आउनुभएकाे थियाे । उहाँका छोराबुहारी वैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया