गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द

 साउन ९, २०८० मंगलबार १०:२:२ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी - गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द भएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर पनि बन्द छ ।

यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीयबासिन्दाले प्रयास गरे पनि लगातार परेको पानीले समस्या भएको छ ।

अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन र लामो तथा छोटो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गर्नुभएको छ । वर्षाका कारण धेरैजसो ग्रामीण सडक पनि बन्द भएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया