सुक्खा पहिराे खस्दा रुकुम पश्चिममा २ जनाकाे ज्यान गयाे, १ जना घाइते

 साउन १४, २०८० आइतबार १८:३०:१ | राजु लामिछाने
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा सुक्खा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । 

आज आइतवार दिउँसो घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा बाफिकोट–७ का ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।

पहिरोमा परेर ४२ वर्षीया बलकुमारी खत्री घाइते हुनुभएको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयाे ।

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेकामा दुई जना ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया