पहिराेमा परेर ज्यान गुमाएका २ जनाकाे परिवारलाई २ लाख रुपैयाँ राहत हस्तान्तरण

 साउन १९, २०८० शुक्रबार ७:४:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएकाे आइतवार पहिरोमा परेर ज्यान गुमाएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का दुई जनाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

बाँफिकोट–७ को पोखरापानी भन्ने ठाउँमा घाँस काट्न जाँदा सुक्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर जनही दुई लाख रुपैयाँका दरले राहत रकम दिइएको हो । पहिरोमा परेर स्थानीय ४२ वर्षीया धनमाया खत्री र ४८ वर्षीय कालीबहादुर खड्काको ज्यान गएकाे थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकको निर्णयपछि बिहीवार पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ बमोजिम पीडित परिवारलाई राहत उपलब्ध गराइएको हाे ।

यसैबीच विपद् व्यवस्थापन समितिको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना २०८० लाई अनुमोदनसमेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया