गोरखा प्रहरीले बरामद गरेको ढुङ्गा 'क्वार्ज क्रिस्टल' भएको प्रमाणित, विभागमा बुझाइदिन पत्राचार

 साउन २४, २०८० बुधबार १८:५३:५८ | किरण लोहनी
unn.prixa.net

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको टल्कने ढुङ्गा क्वार्ज क्रिस्टल रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको छ । विभागका भूगर्भविद्को समूहले दुई दिन लगाएर ढुङ्गाको विभिन्न पक्ष अध्ययन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयलाई नमुना परीक्षणबारे जानकारी गराउँदै विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बरामद भएकाे ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्न पत्थर भएको बताउनुभयो । भूगर्भविद्को टोलीले ढुङ्गाको नाप तौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् भण्डारीले कडापनका आधारमा बरामद भएकाे ढुङ्गा साताैँ नम्बरमा रहेको जानकारी दिनुभयो । उहाँले ५२ किलो तीन सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन पनि मुस्किल पर्ने पनि बताउनुभयो ।

प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएकाे असार १४ गते याे ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिद/बिक्रीका लागि मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको घरमा छापा मारेर बरामद गरेकाे हो । गाेरखामा रहेका सामाजिक सङ्घ–संस्थाहरूले याे ढुङ्गालाई गोरखा दरबार परिसरमा स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । ढुङ्गाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । त्यही आधारमा विभागले भूगर्भविद् डाक्टर सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको हो ।

क्वार्ज क्रिस्टल मुख्यरूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटरजस्ता विद्युतीय उपकरणहरूमा पनि केही रूपमा क्वार्ज क्रिस्टलको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताउनुभयो ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा बरामद गरिएकाे ढुङ्गा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले त्याे पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ । विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन सङ्कलन गर्न नपाइने र गरेमा एक लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले त्याे पत्थरलाई गोरखामै राख्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

8 Comments

  • Birendra Nath Banstola

    Aug. 11, 2023, 2:09 a.m.

    उचित मूवाब्जा उक्त क्वार्ट्ज़ फेला पारने को अधिकार हो अत: सरकार ले त्यस प्रति गिद्धे दृष्टि लाऊँनू अनुचित छ!

  •  0 Reply
  • कृष्ण प्रसाद तिमल्सिना

    Aug. 10, 2023, 4:56 p.m.

    त्यो गोर्खा मा नै राख्नु पर्छ । अनि आजका दिन सम्म सुरक्षीत राख्ने परिवार लाई सरकार हुन्छ्की भुगर्भ बिभाग हुन्छ्कि खानी बिभाग हुन्छ तेस निकाय बाट चित्त बुझ्दो सरसल्लाह गरेर खुशी बनाइनु पर्छ है आजका दिन सम्म सम्हालेर राख्दै पुजा गरेर आएका परिवार लाई रुहाउनु हुदैन जस्तो लाग्छ मलाई ।।।

  •  0 Reply
  • Shivaram Khadka

    Aug. 10, 2023, 12:18 p.m.

    त्यो पथ्थर जसले जुनबेला पुजा गरेर राख्या थ्यो त्यो बेला पुरातत्त्व नामको विभाग नै जन्म्या थिएन होला अनि कसरी त्यो पथ्थर पुरातत्त्वको अधिकार लाग्छ ? सरकारले यस्तै पाङ्दुरे तर्क गर्ने हो र जनता नजागी चुपचाप बस्ने हो भने बिदेशी धर्मको सहयोगमा भोलि कुनै बेला आगोको ज्योती बल्थ्यो भनिएको पशुपति नाथ मन्दिर भित्रको गर्व गृह र लुम्बिनीको ज्योती उत्खनन गरेर पुरातत्त्वले लैजाला रे स्वीकार्नी त ?

  •  0 Reply
  • Debaraj Rai

    Aug. 10, 2023, 10:21 a.m.

    नेपालको कानुन घाँडो बरामद गर्यो ल ठीक छ ।तर त्यो भेट्नेलाई पुरस्कार सरकारले दिने हो भने स्वतः सरकारलाई दिन्छन् र तस्करिनी हुँदैन विडम्बना यहाँ उल्टै कारबाही हुन्छ।

  •  0 Reply
  • सन्जय शाही स्याङ्जा

    Aug. 10, 2023, 2:35 a.m.

    त्यो ढुङ्गा स्वयं ब्याक्ती लाई फ्रीता गर्नु वा कति मुल्य पर्छ।मुल्य गरि सोही रकम दी खुस गराउनु उचित हुन्छ।स्वयं ब्याक्ती ले ढुंगाको मुल्य बराबर रकम पाउनु पर्ने उसको अधीकारको कुरा हो।सरकारले त्यो ढुङ्गा जफत गरे स्वयं ब्यक्ति को अधिकार हरण गर्नु हो न्याय चीत हुदैन।

  •  0 Reply
  • Bhishma Raj aryal

    Aug. 9, 2023, 8:02 p.m.

    ढुङ्गा गोरखा राख्दानै राम्रो तर त्यसलाई काठमाण्डौ लैजादापनी खासै फरक भएन तर त्यो परिवारलाई सन्तुष्ट वा चित्तबुझ्दो हिसाबले मात्र लैजानुपर्छ। अन्यथा त्यो परिवारलाई सरकारले अन्याय गरेको बुझिन्छ। उनिहरुको चित्तबुझ्दो हिसाबले त्यसै होस कुनै सम्झौता गरेर वा केही दिएर।

  •  0 Reply
  • ओम कुमारी

    Aug. 9, 2023, 7:44 p.m.

    जुन होचो उसैको मुखमा घोंचो भनेको यहिहो ? अर्काको घरमा भएको पुर्ख्यौली बहुमुल्य बस्तु हडपेर प्रहरीले बरामत गरेको भन्नू अलिक हेपाई नै हो यदि राज्यमा कानून र मानवमा ईमानदारीता छ भने सो बस्तु जस्को हो उसैलाई हस्तान्तरण गरोस बिभागमा गयो भने त्यो पनि सुन तामा भनेझै कृष्टल बाट गिटि बन्छ ।🤔🤔🤔

  •  0 Reply
  • bharat kumar shrestha

    Aug. 9, 2023, 7:03 p.m.

    हो गोरखामै राखनेर जो धनिका सनतानलाई पुजागरन दिनु परछ?

  •  0 Reply

तपाईको प्रतिक्रिया