उज्यालो सहकर्मी सुनारलाई डेकेन्द्र स्मृति पुरस्कार

 साउन २७, २०८० शनिबार २०:२२:४२ | अमर सुनार
unn.prixa.net

दैलेख – नेपाल पत्रकार महासङ्घ दैलेखले यस वर्षको डेकेन्द्र स्मृति पुरस्कार दैलेखका उज्यालो सहकर्मी अमर सुनारलाई दिइएको छ ।

डेकेन्द्र थापाको १९ औँ स्मृति दिवसका अवसरमा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा उहाँलाई यो पुरस्कार दिइएको हो ।

२०५२ सालदेखि डेकेन्द्रले रेडियो नेपालको जिल्ला सम्वाददाताकारुपमा पत्रकारिता शुरुवात गर्दादेखिका सहपाठी पत्रकार सुनार अट्ठाइस वर्षअघि रासस, कान्तिपुर दैनिक, स्पेसटाइम, अन्नपूर्ण, इन्सेक अनलाइन हुँदै अहिले दैलेखको उज्यालो सहकर्मी हुनुहुन्छ ।

स्मृति दिवसका प्रमुख अतिथि कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका अध्यक्ष सांसद घनश्याम भण्डारीले दैलेखमा तीन दशकदेखि पत्रकारिता गरिरहनुभएका सुनारलाई दिइएको यो पुरस्कार पाउने व्यक्ति र दिने संस्था दुवैलाई न्याय भएको बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल जैसी, नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारले स्वर्गीय पत्रकार डेकेन्द्रको सामाजिक सेवा बारे प्रकाश पार्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ दैलेखका जिल्ला अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य नबिन रिजाल, पूर्व अध्यक्ष पुस्कर थापा, पत्रकारहरु विशाल सुनार, अभिशेक अनुराग लगायतले पत्रकार डेकेन्द्रको हत्या घटना र न्यायको लडाइँका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया