सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : ६ दिनपछि आफन्तले शव बुझे

 साउन २९, २०८० सोमबार १६:४०:२१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – जिल्ला कारागार सङ्खुवासभामा ज्यान गुमाएका दुई जना कैदीका आफन्तले छ दिनपछि आज साेमवार शव बुझेका छन् ।

कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पक्राउ र कारागार प्रमुख राजेन्द्र घिमिरेमाथि पक्राउ पुर्जी जारी भएपछि आफन्तले शव बुझेका हुन् । मृतकहरूकाे आजै अन्त्येष्टि गरिएकाे छ । सङ्खुवासभाका विनाेद ताेलाङ्गीकाे नगरपालिकाको राममन्दिर नजिकैको खोलामा र नुवाकोटका आकाश बलामीकाे खाँदबारी नगरपालिका–९ काे मनकामनामा अन्त्येष्टि गरिएको छ ।

प्रहरी सहायक निरीक्षक चौधरीलाई जिल्ला अदालतबाट आइतवार पाँच दिनको म्याद थप भएर हिरासतमा राखिएको र कारागार प्रमुख घिमिरेमाथि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएकाे थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया