रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

 भदौ १, २०८० शुक्रबार ७:२८:४१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ ।

मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो ।

त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया