हराएको पाँच दिनपछि मृत भेटिए घुमन्ते व्यापारी

 भदौ २, २०८० शनिबार १४:२५:५ | अमर सुनार
unn.prixa.net

दैलेख – गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँचौँ दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयले पनि कतै नदेखेको र मोबाइल सम्पर्क समेत बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए ।

बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय वीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिनुभयो ।

साउन २७ गतेदेखि त्यस गाउँमा जडिबुटी बेच्ने गरेको तेश्रो दिनपछि नदेखिएका र मोबाइलमा समेत सम्पर्क नभएपछि परिवारजनले खोजबिन गर्दा मध्यपहाडी राजमार्गबाट एक किलोमिटर माथि भेरीखोला खोल्सामा टाढाबाट बगाइ ल्याएको आधा जिऊ पानीमै रहेको अवस्थामा फेला परेको बताइएको छ ।

स्थानीय र मृतक आफन्तले सूचना दिएपछि दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगी समेतको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्का र प्रारम्भिक अनुसन्धान थालिसकिएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया