बाग्मतीमा मन्त्रालय फुटाएर विनाविभागीय मन्त्रीलाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

 भदौ ५, २०८० मंगलबार २०:३२:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरेको छ । सत्ता गठबन्धनमा भागबन्डा पुर्‍याउनका लागि ११ वटा मन्त्रालय रहेकोमा एउटा थपेर १२ वटा पुर्‍याइएकाे छ । 

आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले झन्डै तीन महिनादेखि जिम्मेवारीविहीन रहेका विभाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनको किचलोका कारण लामो समयदेखि विनाविभागीय मन्त्रीका रूपमा रहेका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

आजकाे बैठकले विभिन्न चार वटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैगरी बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले ज्यान जोखिममा परेका सुत्केरीलाई निःशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ भने विज्ञान प्रविधि नवप्रवर्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता श्रेष्ठले प्रदेशसभाको अर्काे बैठक भदौ १७ गतेका लागि बोलाउने गरी निर्णय गरेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया